GAI Group नेपालले पहिलो अत्याधुनिक कमर्सियल किचन शो–रुम सञ्चालनमा, पर्यटन बजारमा नयाँ आयाम

386

मिति : २०८२/०८/०२
सानाे भर्याङ — GAI Group नेपालले स्पेनको ओनेरा ग्रुपसँग सहकार्य गर्दै नेपालकै पहिलो अत्याधुनिक कमर्सियल किचन इक्युपमेंट्स शो–रुम सञ्चालनमा ल्याएको छ। ओनेरा अन्तर्गतका प्रसिद्ध विश्वस्तरीय ब्रान्ड Fagor, Edenox र Asber का किचन इक्युपमेंट्स अब नेपाली बजारमा प्रत्यक्षरूपमा उपलब्ध हुनेछन्।

पर्यटन र होटल–रेस्टुरेन्ट उद्योगको तीव्र विस्तार भइरहेकै समयमा विश्वस्तरीय किचन सामग्री नेपालमै उपलब्ध हुनु आफूलाई “माइलस्टोन–इभेन्ट” लागिरहेको GAI Group ले जनाएको छ। नेपालमा बढ्दो होटल, रेस्टुरेन्ट र क्याटरिङ उद्योगलाई आधुनिक बनाउने विश्वास समूहले व्यक्त गरेको छ।

GAI Group को नयाँ शो–रुम नोभेम्बर २० मा उद्घाटन हुँदैछ। उद्घाटन कार्यक्रममा ओनेरा ग्रुप फेगोर स्पेन तथा फेगोर युएई का प्रतिनिधि समेतको उपस्थिति रहनेछ।
उद्घाटनपछि ३ दिनसम्म विभिन्न होटल तथा रेस्टुरेन्ट व्यवसायी, सेफ तथा सम्बन्धित व्यक्तिहरूलाई निमन्त्रण गरेर उपकरणसम्बन्धी विस्तृत जानकारी दिइने र नोभेम्बर २३ पछि शो–रुम सबैका लागि खुला गरिने GAI का प्रबन्धक निलु वज्राचार्यले जानकारी दिनुभयो।

सन् २०१६ देखि नेपालमा कमर्सियल किचन र रेफ्रिजरेसन क्षेत्रका प्रमुख सप्लायरका रूपमा स्थापित GAI Group ले Fagor, Unox, Winterhalter, Sammic, La Carimali, YPT, Elanpro, Washmatic, Infrico लगायतका विश्वस्तरीय ब्रान्डका सबै प्रकारका उपकरण एकै छानामुनि उपलब्ध गराउँदै आएको छ।

समूहसँग अनुभवी तथा दक्ष डिजाइनरको टिम रहेको र कुनै पनि होटल वा रेस्टुरेन्टको किचन डिजाइनदेखि आवश्यक इक्युपमेंटहरूको सहि छनोटसम्म वन–स्टप सोलुसन प्रदान गर्दै आएको समूहले जनाएको छ।

नेपालको बढ्दो पर्यटन बजारसँगै आधुनिक, सुरक्षित र दक्ष किचन सञ्चालनका लागि GAI Group को यो पहल महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.