धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

284

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।

शुक्रबार (कात्तिक २८) साँझ ६ बजे अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिला प्रहरी कार्यालय धनुषाले जनाएको छ । न्युज एजेन्सी नेपाल

Leave A Reply

Your email address will not be published.