तारकेश्वरमा ६९औँ राष्ट्रिय सहकारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न
तारकेश्वर नगरपालिका–तर्फ ६९औँ राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” मूल नाराका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी रहिन्।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, सहकारी संघ काठमाडौं जिल्लाका महासचिव, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, नगर प्रहरी तथा अन्य सरोकारवाला निकायहरू सहभागी थिए। स्वागत मन्तव्य भूपेन्द्रसिंह बडालले प्रस्तुत गर्नुभएको थियो।

उक्त कार्यक्रममा सहकारी संस्थाहरूले उत्पादन प्रदर्शनी समेत गरेका थिए। सहभागीहरूले सहकारी क्षेत्रमा उद्यमशीलता, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। साथै सहकारी सुदृढीकरण, सदस्य अधिकार संरक्षण र स्थानीय उत्पादन प्रवर्द्धनमा सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रम तारकेश्वर नगरपालिका अन्तर्गत सहकारी शाखाले आयोजना गरेको हो भने विभिन्न संघसंस्थाहरूले सहकार्य तथा प्राविधिक सहयोग प्रदान गरेका थिए।