प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

17

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने उक्त बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल गरिनेछ। साथै, समसामयिक विषयहरूमा आवश्यक निर्णय समेत लिइने बताइएको छ।

बैठकलाई नियमित प्रशासनिक प्रक्रिया सुदृढ गर्ने तथा तत्कालीन कार्यसूचीहरू अघि बढाउने सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

Leave A Reply

Your email address will not be published.