ककनी मिडियामा प्रकाशित सामग्रीप्रति चिरञ्जीवी खनालको खण्डन

43

 

काठमाडौं । ककनी मिडिया क्रिएशन प्रा.लि.द्वारा सञ्चालित ककनी मिडिया पेजमा यसअघि प्रकाशित/प्रसारित “अख्तियारमै बसेर अख्तियारको दुरुपयोग, खनालमाथि उठ्यो गम्भीर आशंका” शीर्षकको सामग्रीप्रति पूर्व सचिव चिरञ्जीवी खनालले खण्डन पठाएका छन्।

खनालले ककनी मिडियालाई सम्बोधन गर्दै पठाएको लिखित पत्रमा उक्त सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले समाचारमा उल्लेखित विषयप्रति असहमति जनाउँदै आफूविरुद्ध लगाइएका आरोपहरू आधारहीन तथा प्रमाणित नभएको दाबी गरेका छन्। साथै, उक्त सामग्रीका कारण आफ्नो मान–मर्यादा, सामाजिक प्रतिष्ठा तथा व्यक्तिगत जीवनमा असर परेको उल्लेख गरेका छन्।

खनालले सम्बन्धित विषयमा आफ्नो पक्षसमेत सार्वजनिक हुनुपर्ने माग गर्दै कुनै पनि आरोप वा दाबी प्रस्तुत गर्दा प्रमाण, कानुनी प्रक्रिया तथा सम्बन्धित पक्षको भनाइलाई आधार बनाउनुपर्ने धारणा राखेका छन्।

उनले आफ्नो खण्डन प्रेस काउन्सिल नेपालमा समेत बोधार्थ पठाइएको जानकारी दिएका छन् र सञ्चार आचारसंहिता अनुसार आफ्नो प्रतिक्रिया प्रकाशित गरिदिन आग्रह गरेका छन्।

ककनी मिडियामा प्रकाशित/प्रसारित उक्त सामग्री सार्वजनिक सरोकारसँग सम्बन्धित उजुरी (दर्ता नं. C-068230 083-2-13, मिति २०८३/०२/११) तथा उपलब्ध स्रोतका आधारमा तयार गरिएको थियो। उक्त सामग्रीमा उठाइएका विषयहरू अन्तिम निष्कर्ष नभई छानबिन हुनुपर्ने आशंका तथा उजुरीका रूपमा प्रस्तुत गरिएको थियो।

यद्यपि, प्रकाशनको क्रममा सम्बन्धित पक्षको भनाइ तत्काल समेट्न नसकिएको विषयप्रति ककनी मिडिया क्षमाप्रार्थी छ।

साथै, आगामी दिनमा यस प्रकारका समाचार प्रकाशन गर्दा थप संयमता अपनाइने व्यहोरा समेत जानकारी गराइन्छ।

सम्बन्धित पक्षबाट प्राप्त खण्डनलाई पत्रकारिता आचारसंहिता, २०७३ अनुसार पाठक तथा सरोकारवालाको जानकारीका लागि यसै समाचारमार्फत प्रकाशित गरिएको छ।

ककनी मिडिया सत्यता, निष्पक्षता तथा सार्वजनिक सरोकारका विषयमा आधारित पत्रकारिताप्रति प्रतिबद्ध रहेको जानकारी गराउँछ।

खनालले ककनी मिडियामा प्रकाशित सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो सामग्रीमा आफ्नो भनाइ समेटिनुपर्ने बताएका छन्। उनले प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा असर परेको दाबी गर्दै आफ्नो खण्डन प्रकाशित गर्न आग्रह गरेका छन्। साथै, उनले यस विषयमा प्रेस काउन्सिल नेपालसमक्ष समेत ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।

 

चिरञ्जीवी खनाल खण्डन :

Khandan

Leave A Reply

Your email address will not be published.