बुलन्द आवाज’ अभियानले तारकेश्वरमा सरसफाइ चेतना मात्र होइन, सामाजिक एकताको सन्देश फैलायो

141

काठमाडौं, तारकेश्वर — पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक परिवर्तनको अभियानमा समेत सक्रिय

भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी राजन नेपालद्वारा सञ्चालन गरिएको “बुलन्द आवाज” सरसफाइ अभियानले तारकेश्वर नगरपालिकामा सरसफाइप्रतिको चेतना मात्र होइन, सामूहिक उत्तरदायित्व र सामाजिक एकताको सन्देश समेत मजबुत बनाएको छ।

तारकेश्वर नगरपालिका वडा नम्बर १ देखि ११ सम्म चरणबद्ध रूपमा सञ्चालन गरिएको सरसफाइ अभियानको पहिलो चरण आज विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सम्पन्न गरिएको हो।

तारकेश्वर सरसफाइ केन्द्र प्रालिको सहकार्यमा सम्पन्न समापन कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरू,कर्मचारीहरु तथा स्वास्थ्यकर्मीहरु, विद्यालयका प्र.अहरु साथै शिक्षकहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, अभियन्ता, समाजसेवी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने डस्टबिन प्रयोगमार्फत गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष ज्युहरुले कार्यक्रम प्रभावकारी रहेको कुरा बताउनु भयो भने ।


बुलन्द आवाजका सल्लाहकार एवं राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्वव अधिकारिले सन्चारकर्मी राजन नेपालको पत्रकारिता अरुको भन्दा फरक रहेको र साच्चिकै प्रभावकारी रहेको गलत लाई गलत भन्ने र राम्रोलाई पनि त्यसैगरी खुलेर तारिफ गर्न सक्ने सामर्थ्य भएका व्यक्ति हुन र यो उनको धेरै वटा अभियान मध्य अर्को थप सफल अभियान हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरको सरसफाइ व्यवस्थापन सुधारमा यस अभियानले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले भने, “नगरभित्र फोहोर व्यवस्थापनलाई लिएर देखिएको चुनौतीलाई समाधान गर्न स्थानीय सरकार, सरसफाइ संस्था र नागरिकको संयुक्त प्रयास आवश्यक छ। अहिलेको अवस्था सुधारतर्फ उन्मुख छ।”

उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले फोहोर व्यवस्थापन केवल सरकारी जिम्मेवारी नभई प्रत्येक नागरिकको व्यक्तिगत दायित्व भएको बताइन्। उनले जोड दिँदै भनिन्, “फोहोर छ भनेर आलोचना गर्ने होइन, आफैंबाट सचेत भएर सफा वातावरण बनाउने बानी बसाल्नुपर्छ। हाम्रो खोलानाला हामी आफैंले जोगाउन सक्छौं।”

तारकेश्वर सरसफाइ केन्द्र प्रालिका प्रमुख केदार खत्रीले दीर्घकालीन रूपमा फोहोरमुक्त नगर बनाउने योजना अघि बढिरहेको जानकारी दिँदै अबको केही समयभित्र फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित र स्थायी समाधानतर्फ लैजाने तयारी भइरहेको बताए।

कार्यक्रममा “बुलन्द आवाज” अभियानलाई सहयोग गर्ने विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा स्थानीय सहकार्य समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै सरसफाइ अभियानमा सक्रिय योगदान पुर्‍याउने अभियन्ता, स्वयंसेवक तथा संस्थाहरूलाई पनि विशेष सम्मान गरिएको हो।

त्यस्तै, विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई समेत कार्यक्रममा खादा, माला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो। नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृतज्यूको संयुक्त हातबाट सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति तथा अभियानका अगुवा राजन नेपालले अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, “यो अभियान मेरो व्यक्तिगत प्रयास होइन, सम्पूर्ण तारकेश्वरवासीको साझा प्रयास हो। यसलाई रोक्ने होइन, निरन्तर अघि बढाउने जिम्मेवारी अब हामी सबैको हो।”

उनले पत्रकारहरूलाई समेत सम्बोधन गर्दै समाचार संकलन गर्दा एकपक्षीय दृष्टिकोण मात्र नभई समस्या र समाधान दुवै पक्ष उजागर गर्नुपर्नेमा जोड दिए। उनले जिम्मेवार र सन्तुलित पत्रकारिताको आवश्यकता औंल्याउँदै कुनै पनि पक्षलाई अन्याय नहुने गरी समाचार लेख्न आग्रह गरे।

यसै अभियान अन्तर्गत राजन नेपालले यसअघि तारकेश्वर क्षेत्रमा जनसहयोगमार्फत स्वास्थ्य संस्थाको पहलदेखि विभिन्न सामाजिक परियोजनामा समेत योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यक्रममा सहभागी समाजसेवी, अभियन्ता तथा स्थानीय प्रतिनिधिहरूले “बुलन्द आवाज” अभियानले केवल सरसफाइ मात्र नभई नागरिक चेतना, सहकार्य र सामाजिक जिम्मेवारीको भावना विकास गरेको प्रतिक्रिया दिएका छन्।

समापन कार्यक्रममा सहभागी सबैले अभियानलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

आफू पनि सन्चारकर्मी भएको र अर्को सन्चारकर्मी ले यस्तो सम्मान जनक कार्य गरिरहदा राजन नेपाल लाई धन्यवाद नदिइ बस्न सकिन्न ।
यहाँको कार्यलाई नमन राजन नेपाल सर ।।

Leave A Reply

Your email address will not be published.