साङ्लास्थित बालकुमारी मा वि मा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

65

काठमाडौं । तारकेश्वर नगरपालिका–१, साङ्लास्थित बालकुमारी माध्यमिक विद्यालयमा जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

तारकेश्वर नगरपालिका–१ का वडा अध्यक्ष विदुर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका पदाधिकारी, कर्मचारी, सञ्चालक समिति, सेयर सदस्य तथा साधारण सदस्यहरूको सहभागिता रहेको थियो।

सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा प्रवाह, सदस्य हित तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो।

    

२०६६ सालमा स्थापना भएको जय इन्द्रायणी सहकारीले बचत तथा ऋण सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले रक्तदान कार्यक्रम, सदस्यका छोराछोरीले एसएलसी/एसईई उत्तीर्ण गरेपछि सम्मान तथा विपद्का समयमा प्रभावित परिवारलाई सहयोगलगायतका सामाजिक कार्य गर्दै आएको छ।

त्यस्तै, भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग समेत गरेको जानकारी सभामा गराइएको थियो।

संस्थाले आफ्ना सदस्यको परिवारमा अप्रिय घटना वा दुःखद् अवस्था आइपर्दा राहतस्वरूप ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको समेत जनाएको छ। सभामा सहकारीले आगामी दिनमा सदस्यको हितलाई प्राथमिकतामा राख्दै संस्थागत विकास, वित्तीय सेवा विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ककनी मिडिया । सत्य तथ्य समाचारको लागि हर पल हर क्षण तपाईँकै साथमा।

Leave A Reply

Your email address will not be published.