नुवाकोट १ मा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश

14

नुवाकोट १ मा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेशनुवाकोट, फागुन २७ — नुवाकोट क्षेत्र नं १ मा विभिन्न दलका ११ जना नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्

बद्री मैनाली नेतृत्वको कार्यक्रममा लिखु गाउँपालिकाका सरोज तामाङ, सुमन तामाङ, जंग बा तामाङ, जीवन तामाङ, अशोक तामाङ, प्रताप तामाङ, दिपेन्द्र लामा, राजु तामाङ, राजन विक र अनिल तामाङले नेपाली कांग्रेस परित्याग गरी एमालेमा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

त्यस्तै, पञ्चकन्या गाउँपालिकाका निवासी सविन तामाङले नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै मैनालीले पार्टीलाई अझ सुदृढ र बलियो बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले भने कि एमालेको नीति, विचार र विकास एजेण्डाले विभिन्न दलका नेता–कार्यकर्तालाई आकर्षित गर्दै आएको छ, र यही कारणले संगठन थप सशक्त भइरहेको छ।

संगठनात्मक दृष्टिले यस प्रवेशसँगै नुवाकोट क्षेत्र नं १ मा एमालेको उपस्थिती र प्रभाव अझ मजबुत बन्दै गएको नेताहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.