कुलमान घिसिङको प्रमुख आतिथ्यतामा नुवाकोटमा ‘उज्यालो नेपाल’ पार्टीको प्रशिक्षण कार्यक्रम हुँदै
नुवाकोट । ‘उज्यालो नेपाल’ पार्टी, नुवाकोट जिल्ला कमिटीको आयोजनामा विदुरस्थित सुखद पाहुना घरमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते आयोजना हुन गइरहेको छ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यता रहने जनाइएको छ। कार्यक्रममार्फत पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा कार्यदिशाबारे प्रशिक्षण दिइने बताइएको छ।
बैठक तथा प्रशिक्षणमा “सुशासन, समृद्धि र सामाजिक न्याय” भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढ्ने विषयमा विशेष छलफल हुने छ। साथै, पार्टीका कार्यकर्तालाई नीति, दृष्टिकोण र संगठनात्मक जिम्मेवारीबारे स्पष्ट पार्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
जेठ १७ गते हुने उक्त कार्यक्रममा नुवाकोट जिल्लाभरिका पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
