५०० घरधुरीका लागि राहत सामग्री बोकेर ककनी मिडियाको टोली स्याफ्रुबेसीमा, तुइनबाट तारिँदै सामान

83

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ का करिब ५०० घरधुरीका लागि आवश्यक राहत सामग्री लिएर गएको ककनी मिडियाको टोली अन्ततः स्याफ्रुबेसी पुगेको छ।


ककनी मिडियाका सञ्चालक रमित बलामीको नेतृत्वमा टिकटक क्रिएटर कविता तामाङ र कृतिका तामाङ झाक्री अमित बलामी , साहिल तामाङ्ग प्रदिप तामाङ सहितको टोली छ ट्रक राहत सामग्री लिएर कठिन र जोखिमपूर्ण बाटो पार गर्दै स्याफ्रुबेसी पुगेको हो।


बाढीका कारण सडक मार्ग अवरुद्ध तथा आवागमन सहज हुन नसकेपछि टोलीले वैकल्पिक मार्ग प्रयोग गर्दै राहत सामग्री गन्तव्यतर्फ पुर्‍याउने प्रयास गरिरहेको छ। स्याफ्रुबेसीबाट प्रभावित बस्तीको पारिपट्टि मोटरबाटोको पहुँच नभएकाले राहत सामग्री त्यहाँसम्म पुर्‍याउन तुइनको सहारा लिनुपरेको छ।
प्राप्त जानकारीअनुसार, अहिले राहत सामग्री तुइनबाट नदीपारि तार्ने काम भइरहेको छ। सबै सामग्री सुरक्षित रूपमा पारि पुर्‍याए पछि अर्को गाडी मार्फत आमाछोदिङ्मो गाउँपालिका–३ सम्म ढुवानी गर्ने तयारी गरिएको छ। कठिन भौगोलिक अवस्था र सीमित यातायात सुविधाका कारण राहत सामग्री गन्तव्य सम्म पुर्‍याउन थप समय लाग्ने देखिएको छ।


यस राहत अभियानका लागि बोधिसत्व बिहारका पिया रत्न महर्जनले ६ गाडी राहत सामग्री सहयोग गरेका छन्। त्यस्तै, ‘लेडी ड्राइगन’ का रूपमा परिचित महिला रेस्लर मुना श्रेष्ठले १०० जनाका लागि कपडा उपलब्ध गराएकी छन्।
करिब ५०० घरधुरीका लागि आवश्यक सामग्री सहित अघि बढेको टोलीले कठिन भूगोल, अवरुद्ध सडक र तुइनबाट सामान तार्नुपर्ने चुनौती सामना गरिरहेको छ। विपद्का कारण प्रभावित नागरिकको जनजीवन कठिन बनिरहेका बेला उनीहरूसम्म राहत पुर्‍याउन टोली निरन्तर प्रयासरत छ।
सडकले साथ नदिएपछि तुइनको सहारा, कठिन यात्रा बीच पनि पीडितको घरदैलोमा राहत पुर्‍याउने अभियान जारी छ।

राहत सामग्री पारि तार्ने कार्य, गन्तव्य सम्मको यात्रा र वितरण सम्बन्धी थप अपडेटका लागि ककनी मिडियासँग जोडिइरहनुहोस्।
ककनी मिडिया — सत्य तथ्य समाचारको लागि हर पल, हर क्षण तपाईँकै साथमा।

Leave A Reply

Your email address will not be published.