एसइई नतिजापछि नुवाकोटमा एक छात्राको आत्महत्या

96

नुवाकोट, वैशाख ३० — नुवाकोटको शिवपुरी गाउँपालिकास्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा शर्मिला तामाङले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएपछि आत्महत्या गरेकी छन्।

विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेका अनुसार तामाङको लेखा विषयमा मात्र लागेकाे थियो भने अन्य विषयमा उनले सन्तोषजनक नतिजा हासिल गरेकी थिइन्। नतिजा सार्वजनिक भएसँगै उनी मानसिक रूपमा अत्यन्त चिन्तित बनेकी थिइन्।

नतिजा आएको सोही रात उनले आत्महत्या गरेको जानकारी प्राप्त भएको विद्यालयले जनाएको छ। घटनापछि परिवार, आफन्त, साथीभाइ तथा शिक्षकहरू शोकमा डुबेका छन्।

विद्यालयले तामाङलाई मेहनती, अनुशासित तथा शान्त स्वभावकी विद्यार्थीका रूपमा स्मरण गरेको छ।

यस वर्ष उक्त विद्यालयबाट एसइई परीक्षामा सहभागी २९ जना विद्यार्थीमध्ये २५ जना उत्तीर्ण भएका छन्। विद्यालयले कुल ८६.६६ प्रतिशत नतिजा हासिल गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.