तरुणदल केन्द्रिय सदस्य सुरेश डंगोलको चेतावनी : महँगी नियन्त्रण नभए सशक्त आन्दोलन

1,266

काठमाडौं । बढ्दो महँगीका कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गएको भन्दै असन्तुष्टि बढ्दै गएको छ । नेपाल तरुण दलको केन्द्रीय सदस्य युवा नेता सुरेश ङगोलले सरकारको निष्क्रियताप्रति आपत्ति जनाउँदै महँगी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।


उनले जनताको समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाउँदै आवश्यक परे शान्तिपूर्ण आन्दोलन अघि बढाइने चेतावनी दिएका छन् । नेपाल तरुण दलले महँगीविरुद्ध देशव्यापी कार्यक्रम ल्याउने तयारीसहित युवाहरूलाई एकजुट हुन आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.