नुवाकोटकी छोरी ओस्प्रिना तामाङको ऐतिहासिक सफलता

13

काठमाडौं / नुवाकोट — बङ्गलादेशको ढाकामा आयोजना भएको १०औँ क्याडेट, जुनियर, यू–२१ तथा सिनियर दक्षिण एसियाली कराते च्याम्पियनसिप–२०२६ मा नुवाकोटकी प्रतिभाशाली खेलाडी ओस्प्रिना तामाङले कास्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन्।

 

जुलाई १५ देखि १९ गतेसम्म सञ्चालन भएको उक्त प्रतिष्ठित प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। नुवाकोट जिल्ला म्यागङ निवासी तथा सामरी कल्लाबारी डोजोमा प्रशिक्षणरत ओस्प्रिनाले यू–१२, ३५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म स्थान बनाइन्।

सेमिफाइनलमा पाकिस्तानकी खेलाडीसँग प्रतिस्पर्धा गर्दै पराजित भए पनि, उनले कास्य पदक जितेर नेपाल र नुवाकोटको नाम अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ स्थापित गरेकी छन्।

यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई नुवाकोट जिल्लाकै खेल क्षेत्रका लागि गर्वको विषय बनेको छ। सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु ओस्प्रिनाको मेहनत, अनुशासन र दृढ संकल्पको उत्कृष्ट उदाहरण हो।

👉 उनको यो सफलता भावी खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

Leave A Reply

Your email address will not be published.