प्रधानमन्त्री नियुक्त हुन लागेका बालेन्द्र शाहको सपथ शुक्रबार १२:३४ मा
काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहण समारोहको साइत आगामी शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।
बालेननिकट स्रोतका अनुसार सोही साइतमा सपथ लिने तयारी स्वरूप राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ।

सपथग्रहण समारोहलाई विशेष धार्मिक तथा सांस्कृतिक ढंगले सम्पन्न गर्ने योजना बनाइएको छ। कार्यक्रमअन्तर्गत १०८ जना बटुकद्वारा स्वस्तिवाचन गरिनेछ भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्नेछन्।
त्यसैगरी ७ जना ब्राह्मणद्वारा शंखनाद गरी समारोहलाई सनातन धार्मिक परम्पराअनुसार भव्य र गुन्जायमान बनाउने तयारी गरिएको छ।