बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध जेनजी मुभमेन्टको आपत्ति, छानबिन र कानुनी प्रक्रिया अघि बढाउन माग

50

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित प्रश्नहरू उठाएको जनाएको छ।

संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरू संविधान, राष्ट्रिय हित र कूटनीतिक मर्यादासँग मेल खाने हुनुपर्ने उल्लेख गरिएको छ। प्रधानमन्त्रीको हैसियतमा संसदमा व्यक्त गरिएका भनाइहरूले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग सम्बन्धित संवेदनशील विषय उठाएको जेनजी मुभमेन्ट नेपालको ठहर छ।

उक्त सन्दर्भमा, संगठनले सम्बन्धित निकायसँग विषयको गम्भीर छानबिन गर्न र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, देशको वर्तमान राजनीतिक अवस्था र राष्ट्रियता सम्बन्धी विषयमा नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

जेनजी मुभमेन्ट नेपालले आफ्ना धारणा शान्तिपूर्ण र कानुनी दायराभित्र व्यक्त गर्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई संयमता अपनाउन पनि आह्वान गरेको छ। साथै, सम्भावित जटिल परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा रहन समेत अनुरोध गरिएको छ।

उक्त विज्ञप्ति जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो।

Leave A Reply

Your email address will not be published.