‘२५ लाखको सेयर विवादमा मिडिया ट्रायल गलत’—वरिष्ठ समाजसेवी नारायणको धारणा भाइरल

107

काठमाडौं — गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणसँग जोडिएको २५ लाख रुपैयाँ बराबरको सेयर प्रकरणबारे सार्वजनिक बहस तीव्र बन्दै गइरहेका बेला वरिष्ठ समाजसेवी नारायणको धारणा सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।

उनले आफ्नो सामाजिक सञ्जाल स्टाटसमार्फत सेयर खरिदकै आधारमा मात्र प्रश्न उठेको भए यो विषय यति ठूलो चासोको विषय नबन्ने बताएका छन्। तर, मन्त्रीको सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नभएको विषयले स्वाभाविक रूपमा शंका उत्पन्न गर्ने र यसमा नैतिक जिम्मेवारी पनि जोडिने उनको भनाइ छ।

यद्यपि, समग्र सन्दर्भलाई बेवास्ता गर्दै यही विषयलाई आधार बनाएर गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने भन्दै भइरहेको ‘फण्डा’ तथा मिडिया ट्रायल भने पूर्ण रूपमा गलत भएको उनको स्पष्ट धारणा रहेको छ।

समाजसेवी नारायणले तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै हतारमा निष्कर्ष निकाल्ने प्रवृत्तिले राजनीतिक तथा सामाजिक वातावरणमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै खाले प्रतिक्रिया देखिएका छन् भने यस विषयमा थप बहस र चासो बढ्दै गएको छ।

Leave A Reply

Your email address will not be published.