बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री

424

बन्चरे डाँडाबाट ढुंगा उत्खनन गरी बाहिर बिक्री भइरहेको विषय अहिले चासोको केन्द्र बनेको छ।

स्थलगत रिपोर्टिङका क्रममा एक गाडीले बिना बिल ढुंगा ढुवानी गरिरहेको अवस्थामा फेला परेको छ। प्रहरीलाई जानकारी गराउँदा तत्काल गाडी नरोकिएको र पछि चौकी पार गरिसकेपछि मात्र रोकिएको देखिएको छ।

रोकेर सोधपुछ गर्दा चालकले ढुंगा बन्चरे डाँडाबाटै लोड गरिएको बताएका छन्। त्यहाँबाट लोड गरिँदै गरेको दृश्यसमेत प्रमाणका रूपमा रहेको छ।

सुरुदेखि अन्त्यसम्मका यी सबै घटनाक्रमबारे विस्तृत रिपोर्ट सार्वजनिक हुने क्रममा छ।

Leave A Reply

Your email address will not be published.